रावा इनर्जी र अपर स्याङ्गेले मागे आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2022 | 03:02:41 PM मा प्रकाशित

laxmi  sunrise bank

थप २ हाइड्रोले आईपिओ निष्काशन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । रावा इनर्जीडेभलपमेन्ट लिमिटेड र अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशन अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन् ।

रावा इनर्जीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणका लागि गरि कुल ८ लाख ४० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

 कम्पनीले खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा  ३ मेगावाट क्षमताको आयोजना निर्माण  कार्य सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै रावा खोलामा नै २.५ मेगावाटको अर्को आयोजना निर्माण गरिरहेको छ  । 

त्यस्तै अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई ८ लाख ७० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ।  

कम्पनीले लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गा.पा. वडा नं. ४, स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved