गभर्नरले मन खुकुलो गर्नु भएन, मौद्रिक नीतिको दिल खोलेर स्वागत गर्न सकिएन: छोटेलाल रौनियार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2022 | 06:30:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले मौद्रिक नीतिको दिल खोलेर स्वागत गर्न नसकिने बताएका छन् । मौद्रिक नीतिबारे प्रतिकिया दिदै उनले राष्ट्र बैंकले लगानीकर्तालाई केहि सहज हुने ब्यबस्था गरे पनि आफ्ना सबै मागहरु पुरा नगरेकोले आधा मनले मात्र स्वागत गर्नु परेको बताए 

मौद्रिक नीतिले ४/१२ मध्ये ४ को सीमा खारेज गरेर केहि सहज भए पनि १२ को सीमा पनि हटाउनु पर्ने उनले बताए । त्यस्तै  २५ लाखसम्मको शेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत कायम गरिनु साना लगानीकर्तालाई फाइदाजनक भएपनि सबै शेयर धितो कर्जामा जोखिमभार घटाउनु पर्ने बताए 

मर्जरमा जाँदा कारोबार रोक्का राख्ने विषयले कसैलाई पनि फाइदा नगरेकोले यो ब्यबस्था हट्नु सकारात्मक रहेको उनको भनाई छ । यसले लगानीकर्तालाई पनि फाइदा हुने र सरकारको राजश्व पनि बढ्ने उनी बताउछन् । 

सीसीडि रेसियो खारेज गर्नु पर्ने आफ्नो माग रहेपनि बैंक तथा वित्तीय संस्थाले जारी गरेको ऋणपत्रलाई कर्जा-निक्षेप अनुपात प्रयोजनका लागि स्रोतको रुपमा गणना गरिरहेकोमा त्यस्तो गणना गर्न सकिने अवधि २०८० असार मसान्तसम्म रहने व्यवस्था पनि सकारात्मक रहेको उनको भनाई छ।

उनले गभर्नरले केहि दिन खोजे पनि मन खुकुलो पारे दिन नसकेको भन्दै आधा मनले मात्र स्वागत गर्न सकिने बताएका हुन्  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved