कारोबार रोक्का रहेको कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2022 | 11:49:46 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबारको कारोबारमा अचम्मको दृश्य देखिएको छ । आज शुक्रबार कारोबार  रोक्का रहेको एउटा कम्पनीको शेयर कारोबार भएको छ त्यसले सकारात्मक सर्किट समेत हानेको छ । 

नेप्सेमा  रिलायन्स लाईफ इन्स्योरेन्सको कारोबार रोक्का रहेको छ ।  सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडसंग मर्ज हुने सम्झाय्ता गरेपछि दुवै कम्पनीको कारोबार रोक्का रहेको छ।  

तर शुक्रबार अचानक रिलायन्सको कारोबार सुरु भयो र कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेको छ ।  यो समाचार तयार पार्दासम्म कम्पनीको १०० कित्ता कारोबार भएको छ र अन्तिम मूल्य ३६८.५ रुपैयाँ कायम रहेको छ। नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले यसबारे आफुलाई भर्खर थाहा भएको र समबन्धित विभागमा बुझे पछि मात्र के भएको हो भन्न सकिने बताएका छन्  । 

गत असार २९ गते  सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स बराबर हैसियतमा मर्ज हुने सम्झौता गरेका थिए ।   बीमा समितिले  आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न  छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved