रिचेत जलविद्युत कम्पनीले आईपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2022 | 12:42:28 PM मा प्रकाशित

laxmi  sunrise bank

रिचेत जलविद्युत कम्पनी लिमिटेडको सार्वजनिक निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ । सम्झौतामा रिचेत जलविद्युत कम्पनीका अध्यक्ष अर्जुन प्रसाद पौडेल र  सचिव शिशिर खनालले तथा एनआईबिएल एस क्यापिटलका नायव महाप्रबन्धक सचिन्द्र ढुंगाना  र  मर्चेन्ट बैंकिङ प्रमुख   रोश्ना मानन्धरले हस्ताक्षर गरेका छन् 

कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं. २०७० सालमा मा स्थापना भएको रिचेत जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यालय ललितपुर– १५, महालक्ष्मीस्थानमा अवस्थित छ । यस कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १,१२,२२३.५७ कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।

कम्पनीले गोरखामा ५ मेगावाटको रिचेत खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved