आयोजना प्रभावितलाई इस्टर्न हाइड्रोपावरको आईपिओ भदौ ७ गतेदेखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2022 | 09:52:31 AM मा प्रकाशित

laxmi  sunrise bank

इस्टर्न हाइड्रोपावर लिमिटेडले भदौ ७ गतेदेखि आयोजना प्रभावितलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले भोजपुर जिल्लाका आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले स्थानीयलाई ६ लाख २० हजार कित्ता साधारणसभा निष्काशन गर्न लागेको हो । यस निष्काशनमा भदौ २१ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा ढिलोमा  असोज ५ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

नेपाल धितोपत्र बोर्डले इस्टर्नलाई साउन ९ गते शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । इस्टर्न हाइड्रोपावर कम्पनीले मङ्सिर २४ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय र आम सर्वसाधारणको लागि १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो ।

कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै भोजपुर मै १४.१ मेगावटको इर्खुवा जलविद्युत आयोजनाको सर्भे गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved