हिम पर्वत हाइड्रोको साधारणसभा आह्वान, आईपिओ निष्काशन प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2022 | 08:43:35 AM मा प्रकाशित

laxmi  sunrise bank

हिम पर्वत हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले भदौ २२ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा साधारणसभा आह्वान गरेको हो 

सभामा आईपिओ निष्काशन गर्ने सहितका विविध प्रस्ताव पेश हुने छन् । सभामा साधारण प्रस्तावतर्फ संचालक समितिको आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आ.व. २०७८/०७९ को वासलात, नाफा निक्सान हिसाव तथा सोहि अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने, आ.व. २०७९/०८० को लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक समितिको अनुमोदन गर्ने, र कम्पनीलाई आवश्यक पर्ने बैक तथा वित्तिय संस्थावाट ऋण लिने सम्बन्धमा प्रस्ताव पेश हुने छ । त्यस्तै विशेष प्रस्ताव अन्तर्गत सर्वसाधारणको लागि शेयर (IPO) निष्काशन गर्ने र प्रवन्धपत्र नियमावली संसोधन गर्ने प्रस्ताव पेश हुने छ।

कम्पनीले दोलखामा ५.५ मेगावाटको सागु खोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved