नेप्सेमा सानिमा बैंकको ऋणपत्र सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2022 | 04:33:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सानिमा बैंकको ऋणपत्र सुचिकृत भएको छ । आज कम्पनीको ५ लाख कित्ता सुचिकृत भएको हो ।  ऋणपत्र सुचिकृत भएसँगै बुधबारबाट ऋणपत्रको कारोबार हुने छ । यो ऋणपत्रको SBD89 सिम्बलबाट कारोबार हुने छ ।

बैंकले  असार १० गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको थियो। सानिमा बैंकले   १,००० अंकित दरको ५० लाख कित्ताले हुन आउने ५ अर्ब बराबरको ऋणपत्र निष्काशन गरेको हो । जस मध्ये ३० लाख कित्ता अर्थात् ३ अर्ब बराबरको ऋणपत्र निजि अर्थात् व्यक्तिगत तबरले बिक्रि गरिएको थियो भने बाँकि २० लाख कित्ता अर्थात् २ अर्ब बराबरको ऋणपत्र सर्बसाधारणलाई बिक्रि गरिएको थियो ।  

 १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.२५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved