११२ कम्पनीको शेयर मूल्य बढ्दा ७० कम्पनीको मूल्य घट्यो, टेलिकमको सर्वाधिक कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2022 | 03:27:38 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार शेयर बजार परिसूचक नेप्से झिनो अंकले घटेको छ । आज नेप्से सूचक १.०८ अंकले घटेर १९७२.२९ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका मध्ये २ सय २५ कम्पनीका ३९ लाख ५५ हजार ८ सय ८६ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार १ सय ६२ रुपैयाँ ६ पैसाको कारोबार भएको छ । जस मध्ये नेपाल टेलिकमको १२ करोड २२ लाख बराबरको कारोबार भएको छ । त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५ करोड ६५ लाख, नेष्डो समृद्ध लघुवित्तको ४ करोड ८८ लाख, रिडी हाइड्रोको ४ करोड १६ लाख, तथा अरुण काबेली पावरको ३ करोड ८२ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये बैंकिंग, ट्रेडिङ, उत्पादन तथा प्रशोधन, अन्य, म्युचुअल फण्ड र इन्भेष्टमेन्ट बाहेकका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये फाइनान्स समुह सबैभन्दा धेरै १,३१ प्रतिशतले बढेको छ ।

आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण र संस्थापक दुवैको शेयर मूल्य १० प्रतिषतले बढेको छ । त्यस्तै अपर हेवाखोलाको शेयर मूल्य ६.५८ प्रतिशतले बढेको छ भने महुली लघुवित्तको शेयर मूल्य ५.८४ तथा शाप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ५.२२ प्रतिशतले बढेको छ ।

आज राप्ती हाइड्रोको शेयर मूल्य सर्वाधिक ४.३८ प्रतिशत, गणपति लघुवित्तको शेयर मूल्य ४.०१ प्रतिशत, तथा मेलुङखोला हाइड्रोको शेयर मूल्य ३.६७ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने ७० कम्पनीको शेयर मूल्य घटेको छ । ७ कम्पनीको शेयर मूल्य भने स्थिर छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved