हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2022 | 08:36:32 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको हो । बैंकले भदौ १५ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेर छिटोमा आज भदौ १९ गतेसम्म आवेदन दिन सकिने जनाएको थियो ।

तर पर्याप्त आवेदन नपरेकोले बैंकले आवेदन दिने अवधि बढाएको हो । अब यो ऋणपत्रमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने छ । यद्यपि सो समय भन्दा अगाडी नै पर्याप्त आवेदन परेमा सार्वजनिक सूचना आह्वान गरेर बिक्रि बन्द गरिने बैंकले जनाएको छ ।

बैंकले अंकित मूल्य १००० दरको २ अर्ब ५० करोडले हुन आउने २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। २५ लाख कित्ता मध्ये १० लाख कित्ता सर्बसाधारणलाई र १५ लाख कित्ता ब्यतिगत तबर बाट बिक्रि हुने छ । सर्वसाधारणलाई छुट्याईएको मध्ये ५ हजार कित्ता सामुहिक लगानी कोषहरुले खरिद गर्न आवेदन दिएका छन् । बाँकि रहेको ऋणपत्रको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम २ लाख ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । 

७ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.५० प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved