तत्काल ब्रोकर लाइसेन्स बाड्ने गरि आयो पाँचौ संशोधन, पुँजी पुर्याउन थप गरिएको समय कायमै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2022 | 09:16:10 PM मा प्रकाशित

laxmi  sunrise bank

तत्काल ब्रोकर लाइसेन्स बाँड्न पाउने गरि ब्रोकर समबन्धि नियमावलीमा पाचौ संशोधन भएको छ। मन्त्रिपरिषदले पारित गरेर पठाएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र ब्यापारी) (पाचौ संशोधन) नियमावली, २०७९ आज धितोपत्र बोर्डले सार्वजनिक गरेको छ ।

संशोधित नियमावलीमा "यो नियमावली प्रारम्भ भएपछि पहिलो पटक धितोपत्र दलाल र धितोपत्र व्यापारीको अनुमतिपत्र जारी भएपछिको प्रत्येक तीन बर्षमा बोर्डले धितोपत्र बजारमा उपलब्ध भौतिक सुबिधा, बजारको आवश्यकता, प्रतिस्पर्धाको अवस्था समेतको अध्ययन गरी धितोपत्र दलाल र धितोपत्र व्यापारीको लागि नयाँ अनुमतिपत्रको लागि निवेदन माग गर्ने" उल्लेख छ । अर्थात् तत्काल ब्रोकर लाईसेन्स बितरण गर्ने र ३ वर्षपछि फेरी ब्रोकर लाईसेन्स वितरण गर्ने बाटो बोर्डलाई खुलेको छ 

ब्रोकर लाईसेन्सको लागि ३० दिनको अवधि  राखेर सूचना प्रकाशन गर्ने र ३५ दिन भित्र बोर्डले लाईसेन्स दिई सक्ने ब्यबस्था गरिएको छ । त्यस्तै नियमावलीमा तीन तहको धितोपत्र दलाल व्यवसायी विभाजन गर्दै न्युनतम चुक्ता पुँजी २० करोडदेखि डेढ अर्ब रुपैयाँ पुर्‍याईएको छ। नियमावली अनुसार अब ब्रोकरको ३ तह रहने छ । जसमा सिमित कार्य गर्ने ब्रोकर, पूर्ण कार्य गर्ने ब्रोकर र स्टक डिलर रहेका छन्। 

जसमा सिमित कार्य गर्ने ब्रोकरको चुक्ता पुँजी २० करोड, पूर्ण कार्य गर्ने ब्रोकरको चुक्ता पुँजी ६० करोड र स्टक डिलरको चिक्त पुँजी डेढ अर्ब तोकिएको छ । यद्दपि यसका लागि हाल सञ्चालनमा रहेका ब्रोकरहरुलाई निर्धारित पुँजीको सिलिङ पुर्याउन २०८२ सालसम्मको समय पनि दिईएको छ। 

चौथो संशोधनमा ३ वर्षसम्म ब्रोकरलाईसेन्स खोल्न नपाउने ब्यबस्था राखेर आएपछि  बोर्ड अध्यक्ष हमालले पाँचौ पटक संशोधन गरी मन्त्रिपरिषद्‍मा पठाएका थिए। मन्त्रिपरिषदले हमाल चाहे अनुसार नै पाचौ संशोधन स्वीकृत गरेर पठाएको हो । त्यस्तै पाचौ संशोधनमा बोर्डले अर्थ मन्त्रालयको स्वीकृतिमा अनुसुचिहरु फेरबदल गर्न सक्ने प्रस्ताव समेत समावेश गरिएको छ। यसको अर्थ मन्त्रालयको स्वीकृति लिएर बोर्ड आफैले ब्रोकर कमिशन , ब्रोकरको चुक्ता पुँजी, आवेदन शुल्क लगायतका विषय हेरफेर गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved