शेयर बजारमा गिरावट जारी: लक्ष्मी बैंकको कारोबार उच्च, १७४ कम्पनीको मूल्य घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2022 | 03:21:22 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक २३.८३ अंकले घटेर १८१५.१३ को बिन्दुमा पुगेर रोकिएको छ 

आज कारोबारमा आएका २२८ कम्पनीका ४० लाख १४ हजार ४ सय १९ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७ रुपैयाँ २४ पैसाको कारोबार भएको छ । जस मध्ये लक्ष्मी बैंकको सबैभन्दा धेरै २६ करोडको कारोबार भएको छ भने नबिल बैंकको ४ करोड २९ लाखको कारोबार भएको छ । त्यस्तै रिडी हाइड्रोको ३ करोड ४९ लाख, निफ्राको २ करोड ५९ लाख, तथा अरुण काबेली पावरको २ करोड २३ लाखको कारोबार भएको छ 

आज अभियान लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने नबिल इक्विटी फण्डको इक्वाई मूल्य २.९४ प्रतिशतले बढेको छ । त्यस्तै लक्ष्मी बैंकको शेयर मूल्य २.६६ प्रतिशतले बढेको छ । 

आज तेह्रथुम पावरको शेयर मूल्य सर्वाधिक ७.९० प्रतिशतले घटेको छ भने कुमारी धनवृद्धि योजनाको इकाई मूल्य ७ प्रतिशतले घटेको छ । त्यस्तै सामुदायिक लघुवित्तको शेयर मूल्य ६.६५ प्रतिशत घटेको छ भने निफ्राको शेयर मूल्य ६.४१ प्रतिशतले घटेको छ । आज कारोबारमा आएका मध्ये सबै समुहगत सूचक घटेका छन् । जस मध्ये इन्भेष्टमेन्ट समुह सर्वाधिक २.८२ प्रतिशत, फाइनान्स समुह २.५७ प्रतिशत तथा हैदोर समुह २.५४ प्रतिशत घटेका छन् । 

आज कारोबारमा आएका मध्ये १७४ कम्पनीको मूल्य बढेको छ भने १२ कम्पनीको मूल्य बढेको छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved