धितोपत्र बोर्डले खुलाएका लाईसेन्सको लागि आवेदन दिने कम्पनीलाई नबिल इन्भेष्टमेन्टको सहजीकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2022 | 12:30:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले आह्वान गरेका लाईसेन्सको लागि आवेदन दिने कम्पनीलाई नबिल इन्भेष्टमेण्ट बैकिङले आवश्यक कागजात तयार गर्न सहजीकरण गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज, स्टक ब्रोकर र स्टक डिलरको लाईसेन्सको लागि निवेदन दिन आह्वान गरेको छ ।

नबिल इन्भेष्टमेण्ट बैकिङले ति कम्पनीहरुलाई आवश्यक पर्ने कागजात तयार पार्न सहजीकरण गर्ने भएको हो।उल्लेखित लाईसेन्सको लागि निवेदन दिन पूर्व आवश्यक पर्ने सम्पूर्ण कागजातहरू जस्तै कम्पनीको व्यवसायिक योजना, सम्भाव्यता अध्ययन प्रतिवेदन आदी तयारीका लागि नबिल इन्भेष्टमेण्ट बैकिले पूर्ण सहयोग गर्ने भएको हो।

नबिल इन्भेष्टमेण्टले आफ्नो संस्थागत परापर्श सेवा अन्तर्गत सञ्चालन गर्ने धितोपत्र व्यवसायको किसिम अनुसारको सम्भाव्यता अध्ययन प्रतिवेदन, प्रक्षेपित वित्तीय विवरण, व्यवसायिक योजना, कार्य प्रणाली सम्बन्धि विवरण, जनशक्ति व्यवस्थापन निर्देशिका सहितका अन्य आवश्यक कागजातहरू तयार गरिदिने व्यवस्था रहेको कम्पनीले जनाएको छ। यसका लागि सो सेवा लिन चाहने व्यक्ति तथा संस्थाहरूले यस नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडको संस्थागत परामर्श सेवा विभागमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved