९ दिनपछि आज शेयर कारोबार हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2022 | 09:04:46 AM मा प्रकाशित

laxmi  sunrise bank

दशैँ विदा सकिएर आज असोज २३ गतेबाट सरकारी कार्यालय खुलेसँगै नेपाल स्टक एक्सचेन्ज नेप्सेमा पनि आजबाट शेयर कारोबार हुने भएको छ । ९ दिनपछि आजबाट शेयर कारोबार हुन लागेको हो ।

असोज १३ गतेपछि आज पहिलो पटक शेयर कारोबार हुन लागेको हो । असोज १३ गते दशैँ अगाडीको अन्तिम शेयर कारोबार हुँदा नेप्से सूचक १६.२९ अंकले बढेको थियो भने ६३ करोड २४ लाखको कारोबार भएको थियो । 

असोज १४ गते शुक्रबार र असोज १५ गते शनिवार परेकोले शेयर कारोबार भएको थिएँन। त्यसपछि असोज १६ गतेदेखि दशैँ विदा भएकोले सो दिनदेखि शेयर कारोबार भएको थिएँन।

असोज १३ गते शेयर कारोबार भएपछि शेयर बजार असोज २२ गतेसम्म अर्थात् ९ दिन बन्द रहेको हो । दशैँपछिको पहिलो शेयर कारोबार आज असोज २३ गते आइतबारबाट हुन लागेको हो । 

यस वर्ष असोज १६ गते फूलपाती, असोज १७ गते अष्टमी, असोज १८ गते नवमी, असोज १९ गते विजया दशमी, र असोज २० गते एकादशी परेको थियो । असोज २१ गते शुक्रबार र असोज २२ गते शनिवार परेकोले शेयर कारोबार नभएको हो ।

तसर्थ दशैँ पछि आज असोज २३ गते मात्र शेयर कारोबार हुने भएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved