सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2022 | 09:09:02 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज असोज २७ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज असोज २७ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन्  ।

 बैंकको सोह्रौं वार्षिक साधारणसभा कार्तिक ४ गते बिहान ११ः०० बजे अमृृतभोग, कालिकास्थान, डिल्लीबजारमा संचालन गर्ने निर्णय गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छ । बैंकले हाल कायाम चुक्ता पुँजीको  ९ प्रतिशतका दरले हुन आउने रु. १,२७,८०,८७,६६१ बराबरको नगद लाभांश (लाभांश कर समेत) वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

यस्ता छन् बैंकको साधारणसभामा पेश हुने प्रस्तावहरु :

 साधारण प्रस्तावहरु

१. आ.व. २०७८/७९ को सञ्चालक समितिको बार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नै ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको बैंक तथा बैंकको सहायक कम्पनीहरु सहितको एकिकृत बासलात र मिति २०७८/०४/०१ देखि २०७९/०३/३२ सम्मको नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रबाह विवरण लगायतका बित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्ने ।

३. सञ्चालक सभितिबाट प्रस्ताव गरै अनुसार ९ प्रतिशतका दरले हुन आउने र, १,२७,८०,५७,६६०.९१ बराबरको नगद लाभाश (लाभांश कर समैत) बितरण गर्न स्वीकृत गर्ने ।

४. बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६१/ड) र दफा ६३ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार लेखापरीक्षण समितिको सिफारिसमा आ.व. २०७९/८० को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

बिशेष प्रस्तावहरु

१. सिटिजन्स बैंक इन्टरनेसनल लिभिटेड र अन्य उपयुक्त बैक तथा बित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने (मर्ज गर्न वा प्राप्ति एक्वीजिसन) गर्ने तथा वैदेशिक रणनीतिक साझैदारीमा जान उपयुक्त देखिएमा बैंकको चलअचल सम्पत्ति र दायीत्व तथा कारोबारको मुल्यांकन गर्ने, राष्ट्रिय वा अन्तराष्ट्रिय मान्यता प्राप्त मुल्यांकनकर्ता नियुक्ति गर्ने तथा गाभ्ने वा गाभिने वा प्राप्ती गर्नै सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्ने र सो प्रकिया पुरा गर्ने आवश्यक पर्नै सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

२, बैंकको प्रबन्धपत्रमा संशोधन गर्ने ।

(क) साविक सिर्जना फाइनान्सलाई प्राप्ति गरे पश्चात साविक पूँजी संरचना ५१:४९ परिबर्तन भई कायम भएको पूँजी संरचना ५१.०७४८,९३ (संस्थापक शेयरघनीहरुले धारण गरेको जम्मा शेयर : साधारण शैयरघतीहरुले धारण गरेको जम्मा शेयर) बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने । 

३, बैकको प्रबन्धपत्र तथा नियमावली  संशोधन गर्न अनुमति लिनु पर्ने निकायहरुबाट आउने निर्देशन बमोजिम थपघट लागायत आवश्यक संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved