'६ वर्ष अघिको भन्दा पनि तल छ आजको नेप्से सूचक': अम्बिका पौडेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2022 | 02:35:57 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर विश्लेषक तथा लगानीकर्ता अम्बिका प्रसाद पौडेलले अहिलेको शेयर बजार परिसूचक नेप्से ६ वर्ष अघिको भन्दा पनि कम भएको बताएका छन् । सन् २०१६ देखि अहिलेसम्ममा बजारमा थपिएका कम्पनीको बजार पुँजीकरणलाई समायोजन गरि त्यही मितिमा रहेका कम्पनीहरुको इन्डेक्स गणना गर्ने हो भने सूचक १२०० को हाराहारीमा आउने उनले बताएका हुन्।

नेप्से सूचक ६ वर्षभन्दा पनि तलको विन्दुमा पुगेकोले उनले ६ वर्षमा पूँजी बजारबाट लगानीकर्ताले कति कमाएका रहेछन् भन्दै चुनावको लागि भोट मागिरहेका नेताहरुलाई प्रश्न गरेका छन्। उनले भनेका छन् '६ वर्ष अघि भन्दा पनि तल छ आजको नेप्से इन्डेक्स भन्ने कुरा यो चुनावमा भोट माग्न हिँडेका हिजो र आज सत्तामा बसेका नेतालाई वुझाई दिनु है लगानीकर्ता मित्रहरु। '

उनले थप प्रश्न गर्दै भनेका छन् ' ५४ लाख भन्दा बढी डिम्याट होल्डरको लगानीमा केही सोच्नु अनि गर्नु पर्दैन? हिसाब मिलाउलान् हैं यो चुनावमा । अझैं समय छ केही त गर।'

उनले यस अघि मंसिर ४ गते हुने चुनावमा आफुले पुँजीबजारको विषयलाई घोषणापत्रमा समेट्नेलाई भोट हाल्ने बताएका थिए । उनले भनेका थिए ' जनप्रतिनिधि छनौटको प्रमुख आधार "राजनीतिक पार्टीेले आफ्नो घोषणापत्रमा पूँजीबजार सम्बन्धमा लिने नीति र सम्बन्धित उम्मेदवारले अर्थतन्त्र र पूँजीबजारको सम्बन्धमा बुझेको बुझाइ रहने छ"। 

उनले आर्थिक सम्वृद्धिको एउटा आधार परिपक्क पूँजी बजार हुनु पर्ने र परिपक्क पूँजी बजारको आधार पूर्वाग्रह रहित आर्थिक नीति तथा मौद्रिक नीति हुनु पर्ने बताएका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved