ब्रोकर नम्बर ५८ ले सुरु गर्यो मार्जिन ट्रेडिङ कारोबार सुविधा, २ वटा योजना सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2022 | 02:37:58 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्रोकर नम्बर ५८ अर्थात् नासा सेक्यूरिटीज कम्पनीले नेपालमै पहिलोपटक लगानिकर्ताले शेयर ब्रोकर बाटै कर्जा लिएर शेयर खरिद गर्नसक्ने मार्जिन ट्रेडिङ कारोवार सुविधा प्रदान गर्न शुरु गरेको छ । नेपाल स्टक एक्सचेञ्जले २०७५ सालमा मार्जिन कारोबार सुविधा सम्बन्धि कार्यविधि, २०७५ जारी गरेपछि लगानिकर्तालाई औपचारिक रुपमा यस्तो सुविधा प्रदान गर्ने नासा सेक्यूरिटिज पहिलो ब्रोकर कम्पनी हो ।

नासा सेक्यूरिटिजले नियमनकारी निकायहरुको मार्गनिर्देशन र मार्जिन कारोबार सुविधा सम्बन्धि कार्यविधि, २०७५ वमोजिम लगानिकर्ताहरुका लागि २ प्रकारका योजनाहरु ल्याएको जनाएको छ । कम्पनीका अनुसार पहिलो योजना अन्तरगत रु. १० लाख सम्मको पोर्टफोलियोमा काम गर्ने ग्राहकले ४० प्रतिशत मात्र नगद मार्जिन राखी कारोवार शुरु गर्न सक्नेछन् । सो योजना ३० दिने अवधिका लागि उपलब्ध गराइने छ र यसमा सेवा शुल्क र व्याज सहित जम्मा शुल्क रु. ९,९९९ मात्र लाग्नेछ ।

दोस्रो योजना रु. १० लाख सम्मको पोर्टफोलियोमा ५८ दिने अवधिका लागि हुनेछ र यसमा सेवा शुल्क र व्याज सहित जम्मा शुल्क रु. २१,०५८ मात्र लाग्नेछ । यी सुबिधा उपभोग गर्न चाहने ग्राहकले नेप्सेवाट जारी मार्जिन कारोवार गर्न योग्य कम्पनीको सूचीभित्र रहि कारोवार गर्नुपर्नेछ । कम्पनीले दुवै योजना ग्राहकहरुले आवेदन दिएको ५८ मिनेट भित्रमा स्वीकृत गर्ने जनाएको छ । 

कम्पनीले भनेको छ 'यस कम्पनीसँग हाल उपलब्ध स्रोत धेरै भन्दा धेरै लगानीकर्ताहरुलाई सेवा प्रदान गर्ने उद्धेश्यबाट परिचालन गरिएको छ । भविष्यमा धेरै स्रोतको जोहो गरि छिटो छरितो, गुणस्तरिय र भरपर्दो सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध छ । हाम्रा योजनाहरुमा सहभागिता जनाई नयाँ सुविधाको लाभ उठाउन र सेवामा गुणात्मक सुधारका लागि रचनात्मक राय सुझाव दिन ग्राहकहरुलाई हार्दिक अपिल गर्दछौ ।'

कम्पनीमा मार्जिन कारोवार सुविधा लिई कारोबार गर्नका लागि कम्पनीको वेबसाइट http://www.naasasecurities.com.np/ मा गई आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved