यस्तो छ एनआईसी एशियाको वित्तीय विवरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2022 | 11:34:16 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले चालू आ.व. २०७९/८० को प्रथम त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । 

यस बैंकले आ.व. २०७९/८० को प्रथम त्रयमास सम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २७३.१० अर्ब पु¥याएको छ । 

प्रथम त्रैमाससम्म बैंकको कुल निक्षेप ३०८.१८ अर्ब पुगेको छ । 

बैंकले यस त्रयमासमा खुद मुनाफातर्फ रू. १.७५ अर्ब आर्जन गर्न सफल भएकोे छ, जुन वार्षिक विन्दुगत आधारमा ४९ प्रतिशतको वृद्धि हो ।

यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल २६.५५ प्रतिशत रहेको छ । साथै, यस बैंकले वार्षिक प्रतिशेयर आम्दानी रू. ५९.६२ रुपैयाँ आर्जन गर्न सफल भएको दाबी गरेको छ ।

प्रथम त्रयमाससम्म बैंकको खराब कर्जा ०.५९ प्रतिशत छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved