राधी विद्युत कम्पनीको हकप्रद बाँडफाँड, १३ लाख कित्ताको लागि आवेदन परेन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2022 | 10:00:36 AM मा प्रकाशित

laxmi  sunrise bank

राधी विद्युत कम्पनीले निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड भएको छ। बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार बिहिबार शेयर बाँडफाँड गरिएको हो ।

हकप्रदमा रितपूर्वक आवेदन दिने ३८ हजार ५ सय ५ जना शेयरधनीलाई ८२ लाख ३५ हजार २ सय ३३ कित्ता शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । कम्पनीले असोज ५ गतेदेखि असोज २५ गतेसम्म हाल कायम चुक्ता पुँजीकाे १:१.४७५२ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा १०० प्रतिशतले हुन आउने ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता कित्ता हकप्रद सेयर निष्कासन गरेकाे थियो। हकप्रद शेयर बाँडफाँड भएसँगै बिक्रि नभएको १३ लाख ५ सय २७ दशमलव ९९ कित्ता शेयर लिलाममा आउने छ ।  

 आफ्नो कायम हक भन्दा बढी शेयर माग गरि दरखास्त दिने आवेदकहरूको हकमा बाँडफाँडमा नपरेका हकप्रद शेयर वापतको रकम कार्तिक २० गते आइतबार देखि आईपीएस मार्फत सम्बन्धित आवेदकहरुका बैंक खातामा रकमान्तर गरिने व्यवस्था मिलाइएको क्यापिटलले जनाएको छ । आफ्नो खातामा रकम जम्मा भए नभएको एकिन गर्नु समेत क्यापिटलले आग्रह गरेको छ।

कम्पनीले हकप्रद प्रयोजनका लागि भदौ १२ गते एक दिन बुकक्लोज गरेकाे थियाे । त्यसैले, भदाै १० गते, शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्ने ब्यबस्था थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved