सानिमा बैंकको साधारणसभा आह्वान, यस्ता छन् १० बुँदे प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2022 | 09:58:39 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited ले साधारणसभा आह्वान गरेको छ । बैंकले पुस ३ गते आइतबार बालुवाटार स्थित आम्रपली ब्यानक्वेटमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनको लागि ०.९८ प्रतिशत नगद लाभांश गरि कुल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

यस्ता छन् बैंकको सभामा  पेश हुने प्रस्तावहरु : 

 सामान्य प्रस्ताव 
१. आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको १८ औं वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ साल आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा आ.व. २०७८/७९ को नाफा नोक्सान विवरण तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण छलफल गरी पारित गर्ने ।

३. यस बैंकको सहायक कम्पनी सानिमा क्यापिटल लिमिटेडको आ.व. २०७८ / ७९ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण छलफल गरी पारित गर्ने ।

४. कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

५. संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७८ / ०७९ को मुनाफा समेतबाट चुक्ता पुर्जीको ०.९८ प्रतिशत नगद लाभांस (कर प्रयोजनको लागि समेत) वितरण गर्न स्वीकृत गर्ने ।

६. सर्वसाधारण समूह (समूह "ख") बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकहरुको निर्वाचन गर्ने ।

 विशेष प्रस्ताव
१. बैंकको अधिकृत पुँजी रू.१२ अर्बलाई वृद्धि गरी रू. १५ अर्ब पुयाउने ।

२. संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७८ / ०७९ को मुनाफा समेतबाट चुक्ता पूँजीको १० प्रतिशत वोनस शेयर वितरण गर्न स्वीकृत गर्ने र सोही हदसम्म जारी तथा चुक्ता पुर्जी वृद्धि गर्ने ।

३. कुनै बैंक वा वित्तीय संस्थालाई यस संस्थामा प्राप्ती वा मर्जर गर्न आवश्यक सहमति / सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु प्राप्ती गर्ने गराउने सम्बन्धमा प्रचलित नियम, कानून अनुसार बैकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने ।

४. बैंकको प्रबन्धपत्र / नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदल सुझाव भएमा सो अनुसार आवश्यक फेरबदल गर्न संचालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved