नबिल इन्भेष्टमेन्ट बैंकिङले नेपाल बंगलादेश क्यापिटललाई गाभ्ने, स्वाप कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2022 | 12:42:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले नेपाल बंगलादेश क्यापिटललाई गाभ्ने भएको छ । गाभ्ने गाभिने प्रस्ताव पारित गर्न दुवै कम्पनीले मङ्सिर १८ गते विशेष साधारणसभा आह्वान गरेका छन् । 

नबिल इन्भेष्टमेन्टले नक्साल स्थित आफ्नै कार्यालयमा  सभा आह्वान गरेको हो भने नेपाल बंगलादेश क्यापिटलले नबिल बैंकको केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो । नबिल बैंकले नेपाल बंगालदेश बैंकलाई गाभेर एकिकृत कारोबार सुरु गरेसँगै नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्टले नेपाल बंगालदेश बैंकको सहायक कम्पनीको रुपमा रहेको नेपाल बंगलादेश क्यापिटललाई गाभ्न लागेको हो 

नबिल इन्भेष्टमेन्टले नेपाल बंगलादेश क्यापिटललाई १:०.२७ को स्वापमा गाभ्ने लागेको हो । अर्थात् नेपाल बंगलादेश क्यापिटलको १०० कित्ता शेयर बराबर नबिल इन्भेष्टमेन्टको २७ कित्ता शेयर हुने गरि स्वाप तय भएको छ 

दुवै कम्पनीको विशेष साधारणसभाले गाभ्ने गाभिने सम्बन्धि प्रस्ताव पारित गर्ने, र यस प्रक्रिया पुरा गर्ने सम्पूर्ण अधिकार संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved