नबिल इन्भेष्टमेन्टको खुलामुखी म्युचुअल फण्ड योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2022 | 08:21:09 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल इन्भेष्टमेन्टले निष्काशन गरेको खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाईमा आवेदन दिने आज मङ्सिर ७ गते अन्तिम दिन रहेको छ।    कम्पनीले कार्तिक २३ गतेदेखि आफ्नो खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाई बिक्रि खुला गरेको हो ।  

नबिल इन्भेष्टमेन्टले नबिल फ्लेक्सी क्याप फण्ड नामको खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाईहरु बिक्रि खुला गरेको हो ।  नबिल फ्लेक्सी क्याप फण्डको आकार ७५ करोडको रहेको छ।  नबिल फ्लेक्सी क्याप फण्डले ७५ करोड रुपैयाँ बराबरको ७ करोड ५० लाख इकाई निष्काशन गर्न लागेको हो। जस मध्ये सर्बसाधारणलाई ६ करोड ३५ लाख ५० हजार इकाई छुट्याईएको छ । बाँकि रहेको इकाईहरु कोष प्रबर्दक नबिल बैंक र योजना ब्यबस्थापक नबिल इन्भेष्टमेन्टलाई छुट्याईएको छ । सर्बसाधारणलाई छुट्याईएको ६ करोड ३५ लाख ५० हजार मध्ये मध्ये पहिलो चरणमा ५ करोड इकाई मात्र निष्काशन गर्न लागिएको हो । यस निष्काशनमा न्युनतम १०० कित्ता र अधिकतम ७५ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।  

नेपाल धितोपत्र बोर्डले भदौ २७ गते फण्डलाई अनुमति प्रदान गरेको थियो । 

खुलामुखी योजनाको कुनै निश्चित अवधि हुदैन । साथै नेप्सेमा सुचिकृत पनि हुदैन । तर योजना ब्यबस्थापकलाई आफुले चाहेको जुनसुकै बेलामा इकाई बिक्रि गर्न सकिने छ । बन्दमुखी योजनाको इकाई बिक्रि गर्दा खरिदकर्ता आवश्यक पर्छ र खरिदकर्ता नहुँदा इकाई बिक्रि नहुन पनि सक्छ । तर खुलामुखीको हकमा भने योजना ब्यबस्थापकले नै इकाई खरिद गर्ने हुँदा बिक्रि गर्न नपाइने समस्या हुदैन 

हालसम्म नेपालमा ५  वटा खुलामुखी म्युचुअल फण्ड योजना संचालनमा  छन् । यो बजारमा आउने छैठौ खुलामुखी म्युचुअल फण्ड योजना हुने छ । हाल सिद्धार्थ क्यापिटल, एनआईबिएल एस क्यापिटल, एनआईसी एसिया क्यापिटल , एनएमबि क्यापिटल र लक्ष्मी क्यापिटलले  खुलामुखी म्युचुअल फण्ड योजना संचालन गरिरहेका छन्।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved