नेप्सको साधारणसभा आह्वान, मर्जरमा जाने प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2022 | 08:26:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स) ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर २९ गते सभा आह्वान गरेको हो । 

कम्पनीको सभामा लाभांश सहित विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ  । 

सभामा गाभ्ने गाभिने विशेष प्रस्ताव पेश हुने छ । कम्पनीले नेप्स र अन्य उपयुक्त संस्था एक आपसमा गाभ्न र गाभिन (मर्जर गर्न वा प्राप्ति गर्न) उपयुक्त देखिएमा, संस्थाको चल अचल सम्पति र दायित्व तथा कारोवारको मुल्यांकनका लागि मुल्याकंनकर्ता नियुक्ति गर्ने, गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्वन्धि सम्झौता गर्न तथा सो सम्वन्धमा आवश्यक सम्पुर्ण कार्य अगाडी वढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभामा पेश गर्न लागेको हो ।

त्यस्तै साधारण प्रस्ताव अन्तर्गत आर्थिक बर्ष २०७८/८९  को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरि सो लाई पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वासलात, तथा सोहि मितिमा समाप्त आर्थिक बर्ष २०७८/७९  को नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रबाह विवरण छलफल गरि स्वीकृत गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ वमोजिम आर्थिक बर्ष २०७९/८० का लागि लेखा परिक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने र  संचालकहरूको नियुक्ति अनुमोदन गर्ने प्रस्तावहरु पेश हुने छन्। 

१५ वटा बैंक तथा वित्तीय संस्थाहरुद्धारा संस्थापित एवं संचालित नेप्स, एक पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सेक्यूरिटी स्ट्याण्डर्ड(पीसीआई डीएसएस भर्सन ३.२) र पीसीआई पीन प्रमाणित कम्पनी हो । यो कम्पनी बैंक तथा वित्तीय संस्थाहरुको लागि इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै आएको छ । साथै, यस कम्पनीले १२ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न भिसा कार्ड सेवाहरुका लागि होस्टिङ्ग र स्विचिङ्गको सेवा समेत प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved