फरवार्ड माइक्रोफाइनान्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2022 | 10:23:21 AM मा प्रकाशित

laxmi  sunrise bank

फरवार्ड माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ५  प्रतिशत नगद लाभांश गरि कुल ३० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ८४ करोड ४४ लाख ४५ हजार रहेको छ  । 

कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved