गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2022 | 10:04:09 AM मा प्रकाशित

laxmi  sunrise bank

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद गरि कुल ७.३७ प्रतिशत लाभांश घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले आ.ब. २०७८ / २०७९ को मुनाफबाट शेयरधनीहरुलाई २०७९ आषाढ मसान्त सम्म कायम चुक्ता पुँजी रु.९५,०४,००,०००/- (अक्षेरुपी पन्चानब्बे करोड चार लाख मात्र ) को ७.०० प्रतिशतले हुन आउने रु.६,६५,२८,०००/- (अक्षेरुपी रु.छ करोड पैसाट्ठी लाख अट्ठाईस हजार मात्र) बोनस शेयर तथा ०.३७ प्रतिशतले रु. ३५,०१,४७३ / ६८ (अक्षेरुपी पैंतीस लाख एक हजार चार सय त्रिहत्तर र पैसा अठसाट्ठी मात्र) नगद लाभांश (बोनस शेयर कर प्रयोजन) दिने प्रस्ताव गरेको हो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved