नेपाल बैंकको साधारणसभा आह्वान, यस्ता छन् ६ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2022 | 09:26:29 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २९ गते आफ्नै केन्द्रिय कार्यालयमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहित विविध प्रस्ताव पेश हुने छ 

बैंकले  आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट शेयरधनीलाई  हाल कायम चुक्ता पुँजीको २ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागिसमेत १० प्रतिशत नगद लाभांश गरि कुल १२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ  

बैंकले साधारणसभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १३ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् 

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्ताव:

सामान्य प्रस्तावहरू
१. आ.व. २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आ.व. २०७८/७९ को नाफा / नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्ने ।

३. सञ्चालक समितिबाट प्रस्तावित हालको चुक्ता पुँजी रु.१४,४०,५९,०४,८३१/३० को १० (दस) प्रतिशतका दरले हुन आउने रु. १,४४,०५,९०,४८३ / १३ (अक्षरुपी एक अर्ब चौबालीस करोड पाँच लाख नब्बे हजार चार सय त्रियासी र तेह्र पैसा मात्र) नगद लाभांश (लाभांश कर समेत ) वितरण गर्न स्वीकृति प्रदान गर्ने ।
४. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

विशेष प्रस्ताव

१. सञ्चालक समितिबाट प्रस्तावित हालको चुक्ता पुँजी रु.१४,४०,५९,०४,८३१/३० को २ (दुई) प्रतिशतका दरले हुन आउने रु.२८,८१,१८,०९६ / ६३ (अक्षेरुपी अठ्ठाइस करोड एकासी लाख अठार हजार छयानब्बे र त्रिसठ्ठी पैसा मात्र) रकम बराबरको बोनस शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने र बोनस शेयर वितरणबाट बैंकको साबिक जारी तथा चुक्ता पुँजीमा वृद्धि गरी रु.१४,६९,४०,२२,९२७ / ९० (अक्षरुपी चौध अब उनन्सत्तरी करोड चालीस लाख बाइस हजार नौ सय सत्ताइस र नब्बे पैसा मात्र) कायम गर्ने र सोही बमोजिम प्रबन्ध पत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने ।

२. बैंकको प्रबन्ध पत्र / नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरूबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved