नेपाल इन्भेष्टमेन्ट बैंकको साधारणसभा सम्पन्न, चुक्ता पुँजी १९ अर्ब नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2022 | 01:40:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंकको साधारणसभा सम्पन्न भएको छ ।  साधारणसभाले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ४ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त बोनसपछि बैंकको चुक्ता पुँजी १९ अर्ब ३ करोड पुगेको छ ।

त्यस्तै सभाले आ.व.२०७८/८९ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रभाव विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरि पारित गर्ने, लेखापरिक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

विशेष प्रस्ताव अन्तर्गत मेगा बैंकसँग मर्जरमा जाने, मर्जर सम्बन्धमा हालसम्म भए गरेका कामकारवाही अनुमोदन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट मर्जर प्रक्रियामा तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रकियामा संशोधन गर्न निर्देशन आएमा सो सम्बन्धि कार्यहरु गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्तावहरु पारित गरेको छ । त्यस्तै बैंकले अधिकृत पुँजी १८ अर्बबाट ५० अर्ब पुर्याउने प्रस्ताव पारित गरेको छ । 

१००:९० को स्वापमा इन्भेष्टमेन्ट र मेगा बैंक मर्ज हुन लागेका हुन् । अर्थात् मेगा बैंकको १०० कित्ता शेयर हुने शेयरधनीले मर्जरपछि बन्ने बैंकको ९० कित्ता शेयर पाउने छन् ।

मेगा बैंकले पनि आज नै साधारणसभा गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved