मर्जर सम्झौता गरेको विपिडब्लु लघुवित्तले पायो आईपिओ अनुमति, निष्काशन हुन्छ कि हुदैन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2023 | 08:00:32 PM मा प्रकाशित

laxmi  sunrise bank

हालैमात्र मर्जर सम्झौता गरेर मर्जरको प्रक्रियामा रहेको  विपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपिओ निष्काशन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले पुस ४ गते कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । बोर्डले अनुमति प्रदान गरिएको जानकारी आज पुस १९ गते मात्र आफ्नो वेबसाइटमा अपडेट गरेको छ । 

लघुवित्तले ९७ लाख बराबरको ९७ हजार कित्ता शेयर निष्कासनको लागि अनुमति पाएको । शेयर निष्काशनको लागि मेगा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले मर्जर सम्झौता गरिसकेको अवस्थामा कम्पनीको आईपिओ निष्काशन हुन्छ वा हुदैन भन्ने चासो बढेको छ । कम्पनीले गत पुस १ गते शुक्रबार सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जमा जाने सम्झौता गरेको थियो। 

लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दिलिप कुमार पोखरेलले आईपिओ निष्काशन गर्ने र त्यसपछि मर्जरमा जाने बताएका छन् । बिजपाटीसँग कुरा गर्दै उनले स्वीकृतिको अन्तिम चरणमा रहेको आईपिओ निष्काशन गरेरै मर्जरमा जाने सहमति मर्जर सम्झौता गर्दा भएको बताए । उनले पहिला आईपिओ निष्काशन हुने , डिडिए गर्दा आईपिओपछि बढेको पुँजीलाई आधार मानेर गरिने प्रष्ट पारे । राष्ट्र बैंकले पनि आईपिओमा जाँदा समस्या नहुने बताएपछि स्वीकृत भईसकेको आईपिओ सर्बसाधारणमा निष्काशन गर्ने उनले बताए ।

मर्जर सम्झौता गरेका विपिडब्लु लघुवित्त  र सामुदायिक लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved