मुक्तिनाथ विकास बैंकको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2023 | 10:57:18 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

साधारणसभाले आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन, आ.व. २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावसहति आ.व. ०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई १४.२१०५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । 

उक्त लाभांशमध्ये १३.०५ प्रतिशत बोनस सेयर रहने छ भने बाँकी कर प्रयोजनको लागि नगद लाभांश हुनेछ । 

बंैकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

सोही समारोहमा बैंकका संस्थापक अध्यक्ष खगेन्द्र राज रेग्मीले शुभकामना मन्तव्य राखेका थिए । 

साधारणसभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७८÷०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved