धितोपत्र बोर्डका ३ कर्मचारी सहित मर्चेन्ट बैंकर्सका सीइओहरु मोरिससमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2023 | 12:17:41 PM मा प्रकाशित

laxmi  sunrise bank

 मर्चेन्ट बैंकर्सका प्रमुख कार्यकारी अधिकृतहरुको टोली मोरिसस पुगेको छ । मोरिससको धितोपत्र बजारको नियामक निकाय 'फाइनान्सियल सर्भिस कमिशन' को निम्तोमा मर्चेन्ट बैंकर्सका प्रमुख कार्यकारी अधिकृतहरुको टोली मोरिसस पुगेको हो । फाइनान्सियल सर्भिस कमिशन मोरिससको बैंकिङ बाहेकका वित्तीय क्षेत्रको निमायक निकाय हो । 

उक्त टोलीमा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशन मुक्तिनाथ श्रेष्ठ, कायम मुकायम कार्यकारी निर्देशक हरि भुषाल र धितोपत्र बोर्डका निर्देशक अजय ढुंगाना सहभागी छन् । बोर्डका सूचना अधिकारी तेज प्रसाद देवकोटाका अनुसार यो टोली विशिष्टीकृत लगानी कोष (प्राइभेट इक्विटी भेन्चर्स क्यापिटल) बारेको अध्ययनको लागि मोरिसस गएको हो । उनका अनुसार मर्चेन्ट बैंकर्सको सीइओहरु आफ्नै खर्चमा गएका हुन् भने बोर्डका कर्मचारी नियामक निकायको हिसाबमा टोलीको नेतृत्व गर्दै बोर्डको खर्चमा गएका हुन्। उनले यो अध्ययन भ्रमण भएको बताए । माघ १ गते नेपालबाट मोरिसस्दको लागि प्रस्थान गरेको टोली माघ ८ गते नेपाल आईपुग्ने छ । 

टोलीमा ग्लोबल आईएमई क्यापिटल, सनराइज क्यापिटल, एनआइसी एसिया क्यापिटल, नबिल इन्भेष्टमेन्ट बैंकिंग, आरविवि मर्चेन्ट बैंकिंग, गरिमा क्यापिटल लगायतका मर्चेन्ट बैंकर्सका प्रमुख कार्यकारी अधिकृतहरु सहभागी छन् । टोलीमा धितोबोर्डको  तर्फबाट ३ जना र मर्चेन्ट बैंकर्सको तर्फबाट १३ जना गरि १६ जना सहभागी छन् । 

यस टोलीले फाइनान्सियल सर्भिस कमिशनले लाईसेन्स दिएका केहि संस्थाको अवलोकन पनि गर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved