सिन्धु विकास बैंकको साधारणसभा आह्वान, मर्जमा जाने प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2023 | 09:34:37 AM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु विकास बैंकले साधारणसभा आह्वान गरेको छ । कम्पनीले माघ २७ गते शुक्रबार धुलिखेलको होटेल सारथीमा सभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :

सामान्य प्रस्ताव

१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पारित गर्ने ।

 २) लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आ. व. २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको 'विवरणसंग सम्बन्धित अनुसुचीहरु छलफल गरी पारित गर्ने ।

३) आ.व. २०७९/८० को लेखापरिक्षण गर्न बाह्य लेखापरिक्षक नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

 ४) संचालक समितिमा संस्थापक शेयरधनीहरुका तर्फबाट प्रतिनिधि गर्ने ३ (तीन) जना संचालकहरुको निर्वाचन गर्ने ।

विशेष प्रस्ताव:

१) सिन्धु विकास बैंक र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने / गाभीने (Merger) वा प्राप्ति (Aquisition) गर्ने सम्बन्धमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्याइन (Due Diligence Audit DDA) गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तोक्ने, गाभ्ने गाभिने प्राप्ति गर्ने सम्बन्धी समझदारी पत्र (Memorandum of Understanding) तर्जुमा गर्ने र आवश्यक अन्य प्रकृया पुरा गरी सो मा हस्ताक्षर गर्ने अधिकारी तोक्ने लगायतका मर्जर वा प्राप्ति सम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved