साविकको सगरमाथा इन्स्योरेन्सका लगानीकर्तालाई बोनसमा लाग्ने कर तिर्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2023 | 09:39:32 AM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले साविकको सगरमाथा इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुलाई बोनस शेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले अझै पनि कर तिर्न बाँकी रहेका शेयरधनीहरुको लागि मात्र कर तिर्नको लागि सूचना जारी गरेको हो ।

साविक सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको मिति २०७६ / ०३ / १३ गते सम्पन्न २२औं वार्षिक साधारण सभाबाट आ.व. २०७४/७५ को मुनाफाबाट ८६% (छयासी प्रतिशत) बोनस शेयर प्रदान गर्दा बोनश शेयरमा लाग्ने लाभ कर सम्बन्धित शेयरधनीले बुझाउनु पर्ने निर्णय भए अनुसार मिति २०७६ / ०३ / ०१ गतेसम्म कायम शेयरधनीहरु मध्ये केही शेयरधनीहरुले हालसम्म पनि बोनस शेयरमा लाग्ने कर बापतको रकम जम्मा नगरेकोले ति शेयरधनीहरुलाई कर वापतको रकम तिर्न आग्रह गरेको हो ।

कम्पनीले  ग्लोबल आईएमई बैंकमा Sagarmatha Lumbini Insurance Company Limited को नाममा रहेको खाता नम्बर ००१०१०१०००५२६४ मा कर वापतको रकम जम्मा गर्न आग्रह गरेको हो । बुक क्लोजको समयमा शेयर रोक्का रहेका शेयरधनीहरुको बोनस शेयर पूर्ण रुपमा फुकुवा भएको पत्र प्राप्त भए पश्चात् तथा अभौतिकीकरण नगरेका शेयरधनीहरुको हकमा भने हितग्राही खाता उपलब्ध गराए पश्चात् मात्र उक्त बोनश शेयर हितग्राही खातामा पठाइने कम्पनीले जनाएको छ ।

बोनस शेयरमा लाग्ने कर वापतको रकम बैंकमा अनलाइन माध्यमबाट भुक्तानी वा जम्मा गर्दा अनिवार्य रुपमा आफ्नो हितग्राही खाता नम्बर / परिचय नम्बर, नाम तथा सम्पर्क नम्बर उल्लेख गर्न कम्पनीले अनुरोध गरेको छ। कम्पनीले उक्त बैंक भौचर वा अनलाइन पेमेन्ट स्टेटमेन्ट कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापीटल लिमिटेडको इमेल: [email protected] वा कम्पनीको इमेल: [email protected] मार्फत पनि पठाउन सक्ने जनाएको छ ।

बोनस शेयर बापत लाग्ने करको विवरण कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापीटल लिमिटेडको वेबसाइट: www.globalimecapital.com वा कम्पनीको वेबसाइट: [email protected] बाट समेत हेर्न सकिने कम्पनीले उल्लेख गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved