
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज २ वटा कम्पनीको शेयर सुचिकृत भएको छ । आज गुराँस लाइफ इन्स्योरेन्स र बेस्ट फाइनान्सको शेयर सुचिकृत भएको हो ।
आज गुराँस लाइफ इन्स्योरेन्सको १३.२७१२ प्रतिशतले हुन आउने २९ लाख ७१ हजार ९ सय ३० कित्ता बोनस शेयर सुचिकृत भएको छ। त्यस्तै बेस्ट फाइनान्सको लिलामी मार्फत बिक्री भएको २ लाख ५९ हजार २९ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।