
सरकारले नयाँ स्टक एक्सचेन्जको लाईसेन्स प्रक्रिया रोक्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले स्टक एक्सचेन्जको लाईसेन्स वितरण प्रक्रिया रोक्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै लाईसेन्स वितरण र्प्रक्रिया रोक्नको लागि प्रस्ताव ल्याएका थिए । यसबारेको निर्णय अर्थ मन्त्रालयमा आईसकेको र आज अर्थलेनेपाल धितोपत्र बोर्डमा पत्र पठाउने बताईएको छ।
नेपाल धितोपत्र बोर्डले भने औपचारिक जानकारी आईनसकेकोले पत्र आएपछि विस्तृतमा थाहा हुने जनाएको छ।
अदालतले नयाँ स्टक एक्सचेन्जबारे परेका रिट खारेज गरेसंगै बोर्डले नयाँ स्टक एक्सचेन्जको लागि फेरि आवेदन आह्वान गरेर प्रक्रिया अगाडी बढाएको थियो । नयाँ स्टक एक्सचेन्जको लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएका छन् ।