बेष्ट फाइनान्सको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2023 | 05:26:06 PM मा प्रकाशित

laxmi  sunrise bank

बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २६ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले आ.ब.२०७८÷०७९ को संचालक समितिको प्रतिवेदन तथा बार्षिक वित्तीय विवरण पारित गरेको छ । आ.व.२०७९÷०८० का लागि वाह्य लेखापरिक्षकको नियुक्तिको प्रस्ताव पारित गरेको छ । 

साधारण सभामा शेयरधनीहरुले राखेका प्रश्न एवं जिज्ञासाहरुको जवाफ संस्थाका अध्यक्ष खिमलाल पौडेलले दिएका थिए । संस्थाको भावी योजनाका सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारीले  जानकारी गराएका थिए ।

 हाल संस्थाको १८ वटा शाखा कार्यालयहरुबाट बैकिङ्ग सेवा संचालन गरिरहेको छ। आगामी वर्षमा थप शाखा विस्तार गर्दै लैजाने योजना रहेको कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved