बिरगञ्जमा 'रोड टु आईपीओ' कार्यशाला सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2023 | 05:51:22 PM मा प्रकाशित

laxmi  sunrise bank

बिरगञ्ज स्थित क्लार्क रिर्सोटमा 'रोड टु आईपीओ' कार्यशाला सम्पन्न भएको छ।  एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्सप्रेस सर्भिशेश प्रा ली र पायोनियर ल एसोसिएट्सको सहकार्यमा सोमबार कार्यक्रम सम्पन्न भएको हो ।

क्यापिटलका अनुसार उक्त कार्यक्रममा प्रायोजकको रुपमा रहेको डायनामिक टेक्नोसफ्ट प्रा. ली. ले आफ्नो ब्यानर प्रदर्शनी गरेको थियो । एनआईबिएल एस क्यापिटल, एक्सप्रेस सर्भिशेश प्रा ली र पायोनियर ल एसोसिएट्सले बिरगञ्जको कर्पोरेट हाउसेस, उत्पादन तथा प्रशोधन उद्योग तथा वास्तविक क्षेत्रहरूलाई आईपीओ निष्कासनको प्रक्रियामा चाहिने कानुनी र वित्तीय परामर्शका विषयमा सहजीकरण गराउनको लागी यस्तो कार्यशाला आयोजना गरेको हो ।

कार्यक्रममा पायोनियर ल एसोसिएट्सका म्यानेजिङ पार्टनर अनुपराज उप्रेती र एनआईबिएल एस क्यापिटलका डेपुटी जनरल म्यानेजर सचिन्द्र ढुंगानाको प्रस्तुति रहेको थियो । उक्त कार्यशालाले कानूनी पक्ष, संस्थागत सुशासन, पुँजी संरचना, आईपीओ मूल्य निर्धारण, साइज समयरेखा र विधिहरूमा केन्द्रित रहेको आईपीओ सम्बन्धी ज्वलन्त उदाहरणहरु समेटेको क्यापिटललेजनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved