आरबिबि म्युचुअल फन्ड–२ मा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2023 | 09:36:13 AM मा प्रकाशित

laxmi  sunrise bank

आरबिबि म्युचुअल फन्ड–२ को इकाई खरिदका लागि आवेदन दिने आज अन्ति दिन रहेको छ । बैशाख १७ गतेदेखि बिक्री खुला भएको फन्डको इकाईमा लगानीकर्ताले आजसम्म आवेदन दिन पाउने छन् ।

कम्पनीले सर्वसाधारणका लागि १० करोड २० लाख इकाई खुला गरेको थियो । जसमा लगानीकर्ताले न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्मका लागि आवेदन दिन पाउनेछन् । प्रतिइकाईको मूल्य १० रुपैयाँ रहेको छ ।

लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, मेरो सेयरको वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सि–आस्वा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने छन् । फन्डको व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

आरबिबि मर्चेन्ट बैंकिङ्ग राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । आरबिबि मर्चेन्टको यो दोस्रो म्युचुअल फण्ड हो । 

यसअघि आरबिबि मर्चेन्टले एक अर्ब २५ करोडको आरबिबि म्युचुअल फन्ड–१ पनि सञ्चालन गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved