घोराहीको आईपिओमा धितोपत्र बोर्डले दोषी देखाएपछि बोल्यो केयर रेटिङ्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2023 | 12:32:43 PM मा प्रकाशित

laxmi  sunrise bank

घोराही सिमेन्टको आईपिओमा शंकास्पद विवरण पेश गरेको आरोप खेपेको रेटिंङ एजेन्सी केयर रेटिङ्स नेपालले प्रतिकृया दिएको छ। घोराही सिमेन्टको रेटिंङबारे धितोपत्र बोर्डले सोधेको जवाफ आफुले बोर्डले तोकेको समयमा नै बुझाएको केयर रेटिङ्स नेपालले बताएको छ। 

कम्पनीका अनुसार रेटिंङसँगमात्र आफुहरुको सम्बन्ध हुने भएकाले रेटिंङलाई लिएर गरिएको प्रश्नको जवाफ पठाईसकिएको छ।  घोराही सिमेन्टको आईपिओ बिक्री वितरण प्रकृयामा आफुहरुको कुनै सम्बन्ध समेत नभएको केयर रेटिंङले बिजपाटीलाई बताएको छ। 

'आईपिओ के भएको छ , हामीलाई जानकारी छैन। सेबोनले सोधेको जवाफहरु हामीले सेबोनले भनेकै समयमा दिइसकेका छौ। आईपिओको विषयमा सेबोनले के गरिरहेको छ त्यसको जानकारी छैन' केयर रेटिङस नेपालका प्रमुख कार्यकारी अधिकृत अचिन निर्वानीले बिजपाटीले भने। 

बोर्डले केयर रेटिङ्ससंग ३ दिने स्पष्टिकरण माग गरेको तर सो अवधिमा जवाफ नदिएको भन्दै आईपिओ बिक्रि बन्द गर्न निर्देशन दिएको छ । बोर्डले रेटिङ्स कैफियत भेटिएको भन्दै घोराही सिमेन्टको आईपिओ स्थगन गर्नलाई निर्देशन दिएपछि घोराहीको आइपिओमा आबेदन प्रकृया स्थगित भएको छ। घोराही सिमेन्टको आइपीओको रेटिङ्समा कैफियत देखिएकोले जांचबुझका लागि स्थगित गरिएको धितोपत्र बोर्डको तर्क छ।

 यद्दपि घोराहीको मात्रै नभई कुनै पनि कम्पनीले आईपिओ वा एफपिओम वा हकप्रद निष्काशनको लागि धितोपत्र बोर्डबाट अनुमति प्राप्त तीनवटा रेटिङस कम्पनी मध्ये कुनै एकबाट रेटिङ गराएर उक्त रेटिङको जानकारी धितोपत्र बोर्डमा बुझाउनु पर्नेहुन्छ। रेटिङसको आधारमा धितोपत्र बोर्डले आईपिओ वा एफपिओ बिक्रि गर्न दिने नदिने निर्णय लिने गर्दछ। 

तर एक वर्ष अगाडी पेश भएको रेटिङ ठिक छ भनेर आईपिओ निष्काशनको अनुमती दिएको धितोपत्र बोर्डले अहिले विगतको रेटिङमा कैफियत देखियो भन्दै जांचबुझ गर्नलाई समय लिन भन्दै घोराही सिमेन्टको आइपीओ स्थगित गर्नुले घोराही सिमेन्ट, अन्डरराइटर कम्पनी, इस्यु म्यानेजर लाई मात्र नभई जानकार सबैलाई चकित बनाएको छ। 

आफ्नै क्षमतामाथि प्रश्न उठाउँदै आफैंमाथि जाँचबुझ गर्नुपर्ने गरि यस्तो निर्णय लिनलाई धितोपत्र बोर्डलाई के कुराले प्रभाव पार्यो भन्ने कुराले अहिले जानकारहरुलाई अचम्मित बनाएको छ। 

यस अघि : 

घोराहीको आईपिओ प्रकरणमा को-कहाँ चुक्यो, के भन्छ अख्तियार ? 

यी हुन् घोराही सिमेन्टको आईपीओमा फर्जी आवेदन दिने १२ व्यक्ति 

घोराही प्रकरणमा आलोचनापछि धितोपत्र बोर्डले भन्यो, 'सजाय दिएको होइन, अनुसन्धान मात्रै हो' 

घोराहीको आईपिओमा नियामकको गम्भीर त्रुटी, यस्तो व्यवहारले कसरी हुन्छ पुँजीबजारको विकास ?

घोराही सिमेन्टको आईपिओ बिक्री स्थगन: शेयर भरिसकेको हकमा के हुन्छ ?

घोराही सिमेन्टको आईपिओ बिक्री बन्द गर्न धितोपत्र बोर्डको निर्देशन

घोराही सिमेन्टको आइपीओमा पैसा नभएको खाताबाट ४ अर्बको आबेदन, चलखेलको आशंका


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved