
एकर्ड फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्काशन अगाडी हकप्रद बिक्री गरेरपुँजी बढाउने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको २०.५२५ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।
कम्पनीले हाल कायम शेयरधनीलाई ३५ दिन भित्र हकप्रद वापतको रकम जम्मा गर्न आग्रह गरेको छ ।
कम्पनीले यस अघि नै आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ। कम्पनीले पुस ४ गते बोर्डमा आवेदन दिएको हो। कम्पनीले प्रति कित्ता अंकित मुल्य रु. १००।– दरको ७ लाख ६ हजार ९ सय ९ कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि अनुमति माग गरेको थियो ।
यस फर्मास्युटिकल्सको केन्द्रीय कार्यालय काठमाण्डौं जिल्लाको तीनकुने सुविधानगरमा रहेको छ भने ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकास्थित लुभूमा ओषधी उत्पादन गर्ने कारखाना रहेको छ । नेपालका औषधी तथा औषधीजन्य सामग्रीहरुको कारोबारमा लामो समय संलग्न रहेका व्यक्तिहरु तथा अन्य बिभिन्न क्षेत्रका बिज्ञहरुद्वारा प्रवद्र्धित यो फर्मास्युटिकल्स कम्पनी विधिवत रुपमा शुरुमा वि.सं.२०७० सालमा प्रा.लि.का रुपमा स्थापना भई पछि पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो ।