आज ३ बजेर २४ मिनेटसम्म शेयर कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2023 | 01:09:35 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार बेलुका ३ बजेर २४ मिनेटसम्म शेयर कारोबार हुने भएको छ। बुधबार बिहान प्राविधिक समस्याका कारण बिहान ११ बजे सुरु हुने पर्ने शेयर कारोबारको नियमित सत्र ११ बजेर २४ मिनेटमा मात्र सुरु भएको थियो । सोहि कारण कारोबार अवरुद्ध भएको समय (२४ मिनट) थप गरी कारोबार समय ३:२४ सम्म कायम गरिएको नेप्सेले जनाएको छ।

बुधबार बिहान नेप्से परिसरमा विद्युतको समस्या हुँदा शेयर बजार प्रभावित भएको थियो । बिजुली गडबडीको कारण आज बुधबार प्रि ओपन सेसनमा कारोबार भएको थिएण ।  नेप्सेले प्राविधिक समस्याका कारण समस्या आएको जानकारी गराउँदै यसबाट पर्न गएको असुविधाका लागि क्षमा मागेको थियो

  स्रोतका अनुसार नेप्से वरपर निर्माण कार्य गर्दा नेप्सेको पनि बिजुली काटिएको र सो बारे नेप्सेलाई जानकारी नगराउँदा समस्या आएको हो । ब्याक अप पनि चार्च नभएको भएर समस्या आएको बताईएको छ । 

आजको स्पेसल प्रि ओपन सेसनमा त्रिशुली जलविद्युत कम्पनीको शेयर कारोबार हुनु पर्ने थियो ।  स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भई मूल्य तय भए पछि कम्पनीको नियमित सत्रमा कारोबार हुनु पर्ने थियो । तर आज स्पेसल प्रि ओपन सेसन र प्रि ओपन सेसनको कारोबार हुन नसक्दा अब कम्पनीको पहिलो कारोबार भोलि बिहिबार मात्र हुने भएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved