५ मिनेटमै शेयरबजारमा सर्किट ब्रेक, २० मिनेटलाई कारोबार रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2023 | 11:11:33 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार नियमित कारोबार सुरु भएको ५ मिनेट मै शेयर बजारमा सर्किट लागेको छ। कारोबार सुरु भएको ५ मिनेट मै नेप्से सूचक ४ प्रतिशतले बढेपछि २० मिनेटको कारोबार रोक्का भएको हो ।

यो समाचार तयार पार्दासम्म नेप्से सूचक ७४.२० अंकले बढेर १९२६.९८ को बिन्दुमा पुगेको छ । अहिलेसम्म १६ करोड ५२ लाखको कारोबार भएको छ ।

के छ सर्किट ब्रेकको नियम ?

 पहिलो घण्टामा नेप्से सूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेट कारोबार स्थगित हुनेछ  त्यस्तै दोस्रो घण्टामा सूचक ५ प्रतिशतले घटे वा बढे ४० मिनेट कारोबार स्थगित हुनेछ  र तेस्रो घण्टा वा त्यसपछिको समयमा सूचक ६ प्रतिशतले घटे वा बढे बाँकि पुरै दिनको कारोबार स्थगित हुनेछ  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved