नेप्सेमा सोल्टी होटेलको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2023 | 04:06:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोल्टी होटेल लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । आज कारोबार समय सकिएपछि कम्पनीको शेयर मूल्य समायोजन भएको हो।

कम्पनीको ५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४८२.८६ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५०७ रुपैयाँ थियो ।

सोल्टी होटेलको मङ्सिर १ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७९/८०  को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको थियो। जस अनुसार कम्पनीले ५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि समेत २६.५७८९४७३७ प्रतिशत नगद लाभांश गरि कुल ३१.५७८९४७३७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ 

 कम्पनीले पुस २६ गते साधारणसभा आह्वान गरेको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस ५ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । आज पुस ४ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् 

हाल कम्पनीको चुक्ता पुँजी ८८ करोड ४७ लाख रहेको छ । कम्पनीको प्रति शेयर अंकित मूल्य भने १० रुपैयाँ रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved