सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2024 | 10:51:51 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले वार्षिक साधारण सभा (एजीएम) आह्वान गरेको छ । कम्पनीले फानुन ३० गते भगवती बहालस्थित लिसारा रिसेप्सनमा साधारणसभा आह्वान गरेको हो।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन ११ गते बुक क्लोज गर्ने भएको छ । फागुन १० गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्।

कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाअट ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

सभामा वित्तीय विवरणहरु पारित गर्ने,  संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पेश हुने छन्।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved