स्वरोजगार लघुवित्तले एफपीओ निष्काशन गर्ने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2024 | 09:08:58 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वरोजगार लघुवित्तले साधारणसभा आह्वान गरेको छ। कम्पनीले फागुन २६ गते शनिवार हात्तिसार स्थित नेपाल हाउसमा साधारणसभा आह्वान गरेको हो । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश गरि कुल ७.३६८४ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ६२ करोड ७२ लाख  रुपैयाँ रहेको छ । 

 कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १३ गते बुक क्लोज गर्ने निर्णय गरेकोले फागुन १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । कम्पनीले साधारणसभामा एफपीओ निष्काशन गर्ने प्रस्ताव पनि लैजाने भएको छ। 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : 

साधारण प्रस्ताव 

१) संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९ / ०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२) लेखा परीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, सोही मितिमा समाप्त भएको आ. व. २०७९/०८० को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने ।

३) कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखा परीक्षण समितिको सिफारिश बमोजिम आ.व. २०५०/०८१ को लेखा परीक्षण गर्नकालागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

४) संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी रु. ६२,७२,००,९२८/- को ०.३६८४% (नजिकको चार दशमलवमा) हुन आउने रु. २३,१०,७४०.२६ नगद लाभांश रकम (बोनश शेयरको कर प्रयोजनार्थ समेत) पारित गर्ने ।

विशेष प्रस्ताव 

१) संचालक समितिले प्रस्ताव गरे बमोजिम आ. व. २०७९ / ०८० सम्मको वितरणयोग्य मुनाफाबाट वित्तीय संस्थाको हाल कायम चुक्ता पूँजी रु. ६२,७२,००,९२८/- को ७% को दरले हुने रु. ४,३९,०४,०६५/- रकम बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव पारीत गर्ने ।

२) सर्वसाधारणमा थप सार्वजनिक निष्काशन (Further Public Offering) गर्ने सम्बन्धमा ।

३) बोनस शेयर जारी र सर्वसाधारणमा थप सार्वजनिक निष्काशन (Further Public Offering) पश्चात वित्तीय संस्थाको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले वित्तिय संस्थाको जारी र चुक्ता पूँजी वृद्धि गर्ने र सोही बमोजिम प्रवन्धपत्रमा संशोधन गर्ने ।

४) अध्यक्ष तथा सञ्चालकहरुको बैठक भत्ता वृद्धि गर्ने र सोही बमोजिम वित्तीय संस्थाको नियमावलीमा संशोधन गर्ने ।

५) विप्रेषण सम्बन्धी कार्यहरु गर्न प्रवन्धपत्रको दफा ५ मा खण्ड (प) थप्ने र सोही बमोजिम प्रवन्धपत्रमा संशोधन गर्ने ।

६) यस वित्तीय संस्थाले अन्य ईजाजतपत्रप्राप्त कुनै एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने (Merger) वा प्राप्ती (Acquisition) गर्ने, समझदारी पत्र (Memorendum of Understanding) मा हस्ताक्षर गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतिकालागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्यांकन प्रतिवेदन ( Due Diligence Audit Report) तयार गर्न परामर्शदाता, मुल्यांकनकर्ता तथा लेखापरीक्षकहरु नियुक्त गर्ने तथा गाभ्ने / गाभिने एवम् प्राप्तिसँग सम्बन्धित प्रचलित कानून तथा निर्देशनहरु अनुरुप अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रकृयाहरु पुरा गरी अन्तिम स्वीकृती लिने, अन्तिम स्वीकृती पश्चात सोको कार्यान्वयन गर्ने तथा सो सन्दर्भमा नियामक निकायहरुबाट निर्देशन गरे बमोजिमका विवरणहरु उपलब्ध गराउने कार्य अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने सम्बन्धमा ।

७) वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीका दफा तथा नियमहरुमा गरिएको थप तथा संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट परिमार्जन वा संशोधन वा फेरबदल गर्न सुझाव वा निर्देशन भएमा सोही अनुरुप आवश्यक परिमार्जन, संशोधन वा फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved