महिला लघुवित्तको साधारणसभा आह्वान, मर्जर प्रस्ताव पनि समावेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2024 | 09:56:28 AM मा प्रकाशित

laxmi  sunrise bank

महिला लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन २७ गते धुलिखेल स्थिर हिमालय दृष्य रिसोर्टमा साधारणसभा आह्वान गरेको हो ।

कम्पनीको सभामा अध्यक्षको प्रतिवेदन पारित गर्ने,  वित्तीय विवरणहरु पारित गर्ने, संचालकको निर्वाचन गर्ने, संचालक सेवा सुविधा निर्धारण गर्ने, मर्जर्कोलागी संचालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १४गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आ.व. २०७९/८० को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात तथा सोहि मितिमा समाप्त आ.व. २०७९/८० को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने ।

३. बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ तथा कम्पनी ऐन २०७३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९/८० लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने ।

४. यस वित्तीय संस्थाको "क" समुहमा रहेका संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सच्चालकहरूको निर्वाचन गर्ने ।

विशेष प्रस्तावहरु :

१. यस वित्तीय संस्थाले अन्य इजाजतप्राप्त "घ" बर्गका लघुवित्त संस्थाहरूलाई गाभिने गाभ्ने, प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्याङकन (Due to Diligence Audit DDA ) गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा गाभ्ने गाभिने प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी समझदारी पत्र (Memorandum of Understanding) तर्जुमा गर्न र सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न सञ्चालक समितिलाई वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।

२. सञ्चालकहरूको बैठक भत्ता तथा अन्य सुविधा सम्बन्धमा ।

३. वित्तीय संस्थाको प्रवन्धपत्र तथा नियामावलीमा नियमनकारी निकायहरूबाट आवश्यक निर्देशन गरेमा सोहि बमोजिम प्रवन्धपत्र तथा नियमावलीमा संशोधन एवं परिर्माजन गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पुर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved