प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको साधारणसभा आह्वान, आईपीओ निष्काशन गर्ने प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2024 | 10:32:29 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन २७ गते धनगडी स्थित आफ्नै केन्द्रीय कार्यालयमा साधारणसभा आह्वान गरेको हो ।

साधारणसभामा अध्यक्षको प्रतिवेदन र अन्य वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक नियुक्त गर्ने, संचालकको सेवा सुविधा निर्धारण गर्ने, आईपीओ निष्काशन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक बर्ष २०७९/८० को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक बर्ष २०७९/८० को वासलात, सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूची लगायत सोहि अवधिका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने ।

३. आर्थिक बर्ष २०७९/८० को कारोवारको लेखापरीक्षण गर्नका लागि सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षको नियुक्ति र निजलाई उपलब्ध गराएको पारिश्रमिक अनुमोदन गर्ने ।

४. आर्थिक बर्ष २०८०/८१ को कारोवारको लेखापरीक्षण गर्न कम्पनी ऐन ६३ को दफा १११ अनुसार लेखापरीक्षक नियुक्ती गर्ने तथा पारिश्रमिक र सेवा शर्त तोक्ने ।

५. कम्पनीको नियमावलीको नियम २७ को उपनियम (२) (क) मा व्यवस्था भए वमोजिम समुह “क” का संस्थापक शेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ (चार) जना सदस्यहरुको निर्वाचन गर्ने ।

६. कम्पनीको नियमावलीको नियम २७ को उपनियम (२) (ग) मा व्यवस्था भए वमोजिम १ (एक) जना स्वतन्त्र बिशेषज्ञ सञ्चालकको नियुक्ति गर्ने ।

७. सञ्चालक समितिका सदस्यहरुका लागि सञ्चालक समितिबाट निर्धारण गरिएको बैठक भत्ता तथा अन्य सेवा सुविधा अनुमोदन गर्ने ।

विशेष प्रस्ताव 

१. कम्पनीको प्रबन्धपत्रको दफा ६ को उपदफा (४) र (५) वमोजिम सर्वसाधारणका लागि छुट्याएको ३० प्रतिशत शेयर सर्वसाधारणलाई जारी गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।

२. बिशेष प्रस्ताव नं. १ बमोजिम कम्पनीको साधारण शेयर जारी पश्चात् प्राप्त पूँजीको उपयोग सम्बन्धमा ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved