स्वस्तिक लघुवितको साधारणसभा सम्पन्न, नयाँ सञ्चालक चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2024 | 03:08:46 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वस्तिक लघुवित्तको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले सञ्चालक समितिको अध्यक्ष सत्य नारायण झाबाट पेश भएको वित्तीय संस्थाको आ.व. २०७९÷८० को लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात तथा नाफा÷नोक्सान हिसाब, नगद प्रवाह विवरण, सम्बन्धित अनुसुचिहरु, चालु आ.व.को लागी लेखापरिक्षक नियुक्ति सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

उक्त सभाले संस्थापक शेयरधनी समुह तर्फबाट सञ्चालक पदमा सत्य नारायण झा, डा.प्रमोद कुमार झा, शुधान्शु शेखर झालाई निरन्तरता दिएको छ भने महिलाबाट प्रतिनिधित्व गर्दे हिरा घिमिरे निर्विरोध सञ्चालक निर्वाचित भएकी छिन् ।

नयाँ सञ्चालक समितिको पहिलो बैठकले अध्यक्ष पदको निर्धारण गर्ने जानकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्णले जानकारी दिएका छन् ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved