नेपाल बिटुमिन तथा ब्यारेल उद्योगको साधारणसभा सम्पन्न, ३ सञ्चालक चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2024 | 05:15:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बिटुमिन तथा ब्यारेल उद्योगको ३३, ३४ र ३५ औं वार्षिक साधारणसभा फागुन ६ गते आइतबार सम्पन्न भएको छ । अध्यक्ष  प्रेमबहादुर श्रेष्ठको अस्वस्थताका कारण उद्योगका प्रबन्ध सञ्चालक  प्रदीपकुमार श्रेष्ठको अध्यक्षतामा साधारणसभा गरिएको कम्पनीले जनाएको छ ।

सभामा शेयरधनीहरूको प्रश्नको जवाफ दिँदै प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठले आ.व. २०७७/०७८, २०७८ / ०७९र२०७९ / ०८० मा विगतमा इण्डियन आयल कर्पोरेशन लि. (IOC) बाट बल्क बिटुमिन आयात गर्दा हल्दिया रिफाइनरीको मात्र प्रयोग भइरहेकोमा हाल आएर भारतमा रहेका नजिकका बरोनी तथा मथुरा रिफाइनरीहरूबाट समेत बल्क बिटुमिन ल्याउने कार्य भइरहेको साथै यसरी आयात गरिएका बल्क बिटुमिनलाई नेपालका सिमावर्ती नाकाहरूमा बिक्री डिपो स्थापना गरी बजार विस्तारलाई निरन्तरता दिई बिक्री बढाउन पहल भएकोमा आ.ब. २०७९ / ०८० मा बिक्री बृद्धि भएको सभालाई जानकारी गराए । साथै नयाँ रणनीतिक व्यापारिक साझेदारमार्फत बजारमा आउने सोचाई पनि रहेको बताए । त्यसैगरी यस उद्योगलाई निजीकरण गरिएका उद्योगहरूमध्ये नमूना उद्योगका रूपमा विकसित गर्दै लैजान आफू तथा सञ्चालक समिति लागिपरेको बताउनु भयो र अव वार्षिकरुपमै साधारण सभा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

कम्पनीका अनुसार विगतमा रहेको इमल्सन उत्पादन गर्ने पुरानो प्रविधिलाई प्रतिस्थापन गरी नयाँ डिजिटल अटोमेटिक प्रकृयाबाट सञ्चालनमा ल्याई उत्पादन समेत बृद्धि गरी बजारमा पठाउने गरिएको छ । यसैगरी बजारमा उठ्न नसकेको उधारो रकमहरू कानुनी प्रकृया अपनाई मुद्दाबाट सोको किनारा लागी पुराना रकमहरू उठ्ने क्रम जारी छ । सरकारले सडक निर्माणको पुरानो भुक्तानी निर्माण व्यवसायीहरूलाई उपलब्ध गराउने प्रतिवद्दता जनाए पनि हालसम्म पुरा गर्न नसकि रहेको अवस्थाले गर्दा निर्माण कार्यले गति लिन नसकेको जानकारी गराए।

साथै शेयरधनीहरूको तर्फबाट  डमरू बल्लभ घिमिरे र देवेन्द्र कोइरालाले मन्तब्य दिएका थिए । त्यस क्रममा  घिमिरेले समय सापेक्ष बजारको मागअनुसार अगाडी बढ्नु पर्ने सुझाव दिए ।  उनले कम्पनीलाई अझ प्रभावकारी बनाई नयाँ सोचअनुसार अगाडी बढाउनुका साथै कम्पनीको काममा लगनशील भई कार्य गर्ने सम्पूर्ण कर्मचारी, कामदार तथा व्यवस्थापन समूहलाई धन्यवाद ज्ञापन गरे ।

 सभामा ३५% शेयर लिने सर्वसाधारण तथा कर्मचारी कामदारको तर्फबाट  अशोक कुमार श्रेष्ठ र  श्यामकृष्ण श्रेष्ठ  उद्योगको सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी स्वतन्त्र विशेषज्ञ सञ्चालकमा  विकाश आचार्य चयन भएका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved