क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, आईपीओ निष्काशन प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2024 | 08:58:20 AM मा प्रकाशित

laxmi  sunrise bank

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले चैत्र ५ गते सुर्खेतको विरेन्द्रनगर स्थित शुभ होटेल प्रालीमा सभा आह्वान गरेको हो ।

कम्पनीको सभामा वार्षिक प्रतिवेदन पारित गर्ने,  लेखापरिक्षकको प्रतिवेदन अन वित्तीय विवरण पारित गर्ने, स्वतन्त्र संचालक नियुक्त गर्ने, संचालकको सेवा सुविधा निर्धारण गर्ने प्रस्ताव पेश हुने छन् । त्यस्तै विशेष प्रस्ताव अन्तर्गत आईपीओ निष्काशन गर्ने, तथा आईपीओ निष्काशन गर्नु पर्ने सबै कार्यको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : 

१) अध्यक्षबाट पेश हुने संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

२) लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७९/०८० को नाफा/ नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गद प्रवाह गरी पारित गर्ने सम्बन्धमा ।

३) आ.व. २०७९/०८० को लागि लेखापरिक्षकमा श्री K.A. S. Associates को नियुक्ती अनुमोदन गर्ने । आ.व. २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

४) संचालक समितिको निर्वाचन गर्ने सम्बन्धमा ।

५) स्वतन्त्र संचालकको नियुक्ती सम्बन्धमा ।

६) संचालक समितिका पदाधिकारीहरुको पारिश्रमिक, भत्ता तथा सुविधा निर्धारण गर्ने सम्बन्धमा ।

विशेष प्रस्ताव 

१) सर्वसाधारणलाई साधारण शेयर निष्काशन (IPO) सम्बन्धमा ।

२) सर्वसाधारणलाई साधारण शेयर निष्काशन (IPO) को क्रममा आवश्यक प्रक्रियागत कार्य गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने सम्बन्धमा ।

३) सभाले पारित गरेका प्रस्तावको कारण प्रबन्धपत्र तथा नियमावलीमा संसोधन आवश्यक भएमा संसोधन गर्न तथा नियमनकारी निकायबाट कुनै थप संशोधन, फेरबदल गर्न वा थपघट गर्न निर्देशन प्राप्त भएमा सोही बमोमिज गर्न संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

४) सर्वसाधारणको लागि साधारण शेयर निष्काशन (IPO) पश्चात प्राप्त पूँजीको उपयोग गर्ने सम्बन्धमा । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved