अकामा होटेलको विशेष साधारणसभा सम्पन्न, ५० रुपैयाँमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2024 | 05:25:49 PM मा प्रकाशित

laxmi  sunrise bank

अकामा होटेल लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ। आज फागुन १४ गते अकामा होटेल मै कम्पनीको विशेष साधारणसभा सम्पन्न भएको हो।

विशेष साधारणसभाले कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुंजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने, संचालक तथा सो अन्तर्गत गठित समिति सदस्यहरुको पारिश्रमिक, भत्ता तथा सुविधा निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै हाल कायम रहेको अंकित मूल्य रु १०० को शेयर पुंजीलाई रु ५० मा विभाजन गर्ने प्रस्ताव पनि पारित भएको छ ।  साथै सर्वसाधारणलाई प्रति कित्ता ५० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ । 

 यस कम्पनीले काठमाडौंको धुम्बाराहीमा ५ तारे डिलक्स होटेलको रुपमा अकामा होटेल संचालन गरिरहेको छ । यो होटेल सानिमा समुहले निर्माण गरेको हो । होटेलमा एनआरएनहरुको पनि लगानी छ ।

यो होटेल विश्व विख्यात ब्राण्ड ‘रमडा' (Ramada by Wyndham)को नामबाट सञ्चालन हुने गरि हालै मात्र सम्झौता भएको छ । ९ रोपनी क्षेत्रफलमा फैलिएको अकामा होटलमा सुपेरीयर–९५, डिलक्स– ६, डिलक्स स्विट– ४, फेमिलि स्विट– २, प्रेसिडेन्टल स्विट– १ गरी जम्मा १०८ कोठाहरु र २ सय बेड संख्या छन्। न्युनतम २० देखी ६५० जना सम्म कभर गर्ने विभिन्न किसिमका ५ वटा हलहरु साथै स्पेशल चाउवेला रेष्टुरेष्ट समेत गरी तिन वटा रेष्टुरेष्टहरु तथा आउटडोर स्वमिङ्ग पुल, जिम, स्टिम, साउना,ज्याकुजी र स्पा रहेका छन् । यस होटलमा हाल १३० जना विभिन्न तहतप्का कर्मचारीहरु कार्यरत छन् । यस होटलमा दुई तला बेसमेन्ट सहितको पर्याप्त पार्किङ सुविधा समेत रहेको छ ।

त्रिभुवन इन्टरनेशनल एयरपोर्ट,पशुपतीनाथ,बौद्ध स्तुपा, बुढानिलकण्ठ मन्दिर,दरबार स्क्वायर,स्वयम्भुनाथ स्तुपा तथा ठमेल लगायतका प्रमुख पर्यटकीय गन्तब्य स्थलहरु न्जिक रहेको यो होटल ‘रिङ रोड’को मध्य भागमा अवस्थित छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved