सर्वोत्तम सिमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन, हालसम्म कति पर्यो आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2024 | 08:23:44 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज फागुन १६ गते अन्तिम दिन रहेको छ । कम्पनीले फागुन १३ गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो ।

 कम्पनीले सर्वसाधारणलाई २७ लाख ७६ हजार ७६ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले आयोजना प्रभावितलाई शेयर बिक्री गर्दा बिक्री नभएको ६,८१,५३० कित्ता समेत जोडेर सर्वसाधारणलाई शेयर निष्काशन गरेको हो।

कम्पनीको आईपीओमा तेस्रो दिनसम्ममा १० अर्ब भन्दा बढी रकमको आवेदन परेको छ । तेस्रो दिन साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा माग भन्दा १०.२० गुणा बढीको आवेदन परेको हो । सिडीएससीका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा कम्पनीको आइपीओमा ५ लाख २४ हजार ७८ जना आवेदकबाट २ करोड ८३ लाख २७ हजार ६ सय १० कित्ताको लागि लागि आवेदन परेको छ । कम्पनीनीको आईपीओमा हालसम्म कुल १० अर्ब २२ करोड ३४ लाख ३४ हजार ४ सय ४९ रुपैयाँको लागि आवेदन परेको हो।

कम्पनीले बुक विल्डिंग विधिबाट शेयर निष्काशन गरेको हो । यी शेयरको मूल्य प्रति कित्ता  ३६०.९० रुपैयाँ रहेको छ। आवेदन दिंदा न्युनतम ५० कित्ता र अधिकतम १० हजार कित्ता शेयरको लागि आवेदन दिनु पर्ने छ। शेयर बाँडफाँड गर्दा पनि न्युनतम ५० कित्ता नै शेयर बाँडफाँड हुने छ । यस हिसाबमा ५५ हजार ५ सय २१ जनाले मात्र शेयर पाउने छन् । आईपीओमा आज फागुन १६ गतेसम्म आवेदन दिन सकिने छ ।  शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले यस अघि नै योग्य संस्थागत लगानीकर्ता, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा आयोजना प्रभावित र खानी प्रभावित स्थानीयलाई शेयर निष्काशन गरि शेयर बाँडफाँड गरिसके छ । 

सर्वोत्तम सिमेन्ट बुक विल्डिंग विधिबाट शेयर निष्काशन गर्ने पहिलो कम्पनी बनेको छ। कम्पनीले सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आइरहेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved